धरान । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकलाई लक्षित गर्दै डेटा प्रयोग गर्दा ‘पैसा फिर्ता योजना’ ल्याएको छ ।
एनसेल आजियाटा लिमिटेडले दैनिक डेटा प्याक प्रयोग गर्ने ग्राहकका लागि विभिन्न प्याकहरूमा २० रुपैयाँदेखि ६० रुपैयाँसम्म ‘पैसा फिर्ता योजना’ ल्याएको हो ।
यो योजना फागुन ९ गतेदेखि लागू भएको छ । एनसेलका ग्राहकलाई ७ देखि ३० दिनसम्म दैनिक १ जिबी र ७ दिनसम्म दैनिक दुई जिबीमा पैसा फिर्ता योजना रहेको छ ।
सात दिनको म्याद हुने गरी दैनिक एक जिबीको डेटा प्याक प्राप्त गर्न १ सय ६९ रुपैयाँमा पाउनेछन् । यस प्याक खरिद गर्नेले नगद २० रुपैयाँ फिर्ता पाउँछन् । त्यस्तै २ सय ६९ रुपैयाँको सात दिनको समयसीमाको प्याकमा ३० रुपैयाँ फिर्ता पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै लामो समयसीमाका लागि डेटा प्याक प्रयोग गर्न चाहनेको हकमा भने दैनिक १ जिबी डेटा प्याक करसहित ५९९ रुपैयाँमा सञ्चालन गर्न सक्ने कम्पनीले जनाएको छ । यो प्याक खरिद गर्न चाहनेले नगद ६० रुपैयाँ फिर्ता पाउने जनाइएको छ ।
दैनिक जिबी डेटा प्याकअन्तर्गत प्राप्त पैसा फिर्तामा ग्राहकले पे एज यु गो अन नेट भ्वाइस कल, एसएमएस र डेटा सेवा प्रयोग गर्न पाउने जनाइएको छ । डेटा प्याक सहजै खरिद गर्न सक्ने जनाइएको छ ।