विराटनगर/चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाख रुपैयाँभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेका विराटनगरस्थित नोबेल मेडिकल कलेज तोडफोड भएको छ । 

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई प्रवेश नदिई थोरै विद्यार्थीलाई मात्रै लिएर कक्षा सुरु भएपछि आइतबार कलेजमा तनाव सिर्जना भएको हो । कक्षा सुरु भएपछि आइतबार नोबेल कलेजका विद्यार्थीले तोडफोड गरेका हुन् । केही विद्यार्थी घाइतेसमेत भएका छन् । विवाद साम्य नहुन्जेल कक्षा रोक्ने सहमतिविपरीत नोबेलले कक्षा चलाएपछि एमबिबिएस प्रथम वर्षका विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।