गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ८ मा ८ दिने उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ ।

 नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको नगर प्रमुख दिलीपकुमार राईले समापनका अवसरमा बोल्दै तालिममा सहभागिलाई उद्यमी बनेर नगरको नाम राख्न शुभकामना व्यक्त गरे । 

 सहभागिहरु ब्याग, डल कुसन, भुजिया बनाउने तथा बंगुर पालन तालिममा समूह विभाजन भएका छन् । वडाध्यक्ष बाबुराम दहालको अध्यक्षताको कार्यक्रममा नगर लेखा प्रमुख पिताम्बर वस्ती, वडा सदस्य मुना गजमेर सहितको सहभागिता रहेको थियो ।

तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गरेका थिए । 

 उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।