विजयपुर । नयाँ वर्ष २०२२ को अवसरमा धरान–८ बरगाछीस्थित देव ट्रेडर्स होण्डा शोरुममा धरानले बोनस एक्सचेन्ज अफर आउने भएको छ ।
सोरुमले एक्सचेन्ज अफर पुष–१८ गतेदेखि २३ गतेसम्म रहने छ । होण्डा एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्न सकिने छ ।
होण्डाको दुईपांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरुले मुल्याङ्कन बोनस बापत ७ हजारसम्म थप भ्यालु पाउन सक्ने मोटर्सका सञ्चालक देवेन्द्र कुंवरले जानकारी दिए । मोटरसाइकल तथा स्कुटर चलाउँदा सजिलो र आरामदायी हुने ग्राहकहरुको प्रत्यक्ष अनुभव अघिल्ला एक्सचेन्जबाट प्राप्त भएको उनले बताए ।
उनले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्याधिक रुचाएको एफ आइ भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रमसमेत राखेको बताए । ग्राहकहरुले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्णरुपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनु पर्नेछ ।
नेपालमा होण्डाको स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सी. बी. साइन, एस. पी. साइन र युनिकर्न प्रख्यात रहेको उनले जनाए । बलियो इन्जिन र राम्रो माइलेजका लागि परिचित होण्डाका मोटरसाइकल तथा स्कुटरहरु विश्वभरी सबैभन्दा धेरै बिक्री हुने गरेको उनले दाबी गरे ।