सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९२ हजार १०० तोकिएको छ ।

अघिल्लो दिन उक्त सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला ९२ हजार तोकिएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ घटेर एक हजार २४५ पुगेकोे महासङ्घले जनाएको छ ।