धरान । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरबीच डाटा प्याकेज प्रदान गर्न साझेदारी भएको छ ।
एनसेलका ग्राहकहरूलाई विशेष डाटा प्याकेज प्रदान गर्नका लागि राकुटेनसँग साझेदारी भएको कम्पनीले जनाएको छ । ग्राहकहरूको रोजाइको हिरो प्याक, नन्स्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याक खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउने जनाइएको छ ।
प्रिपेड र पोष्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड(अन’ को रूपमा उपलब्ध रहेका छन् । अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजिङ, स्टिकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्न थप डेटामा एनसेलका ग्राहकहरूको पहुँच सुनिश्चित भएको छ ।
एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेको बताए । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्ने जनाइएको छ ।
राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, ‘उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ । हामीलाई विश्वास छ, यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ ।’