वराहक्षेत्र । आर्थिक वर्ष २०७७/७८मा आदर्श खानेपानी तथा सरसफाई उपभोक्ता समितिले करिब साढे १६ लाख आम्दानी कमाएकाे छ।

वराहक्षेत्र नगरपालिकाको वडा नम्बर २ मा रहेकाे  समितिकाे बुधबार सम्पन्न ११ औं साधारण सभामा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्दै समितिका सदस्य अमर कटुवालले आर्थिक वर्ष २०७७/७८मा १६ लाख ४६ हजार ३ सय ७६ रुपैंया आम्दानी गरेको बताए ।  

आर्थिक वर्षमा ७ लाख ७१ हजार ४ सय २९ खर्च भएको छ भने नेपाल राष्ट्र बैंक र स्थानिय चतरा सहकारीमा ५ लाख ३४ हजार ७९ रुपैंया बैंक मौजदात रहेको कटुवालले बताए ।

कार्य प्रगती प्रतिवेदन पेश गर्दै सचिव लाल कुमार राईले आपतकालिन पानी लिन मिल्ने फायर हाइड्रेसन र नयां सोलार पम्पको जडान सम्पन्न गरेको छ । संस्था लाई विद्युतीकरण गर्दै संस्था र उपभोक्ताको लागत लिएको छ भने पानीको शुद्धता परिक्षण गर्ने मेशिनको व्यवस्था लगायत विभिन्न २१ कार्य सम्पन्न गरेको बताए । 

राईले आर्थिक वर्ष २०७८/७९ को लागि १६ लाख ३९ हजारको अनुमानित आयव्यय प्रस्तुत गरे । संस्थाले आधा र एक लीटरको बोटलमा र बीस लीटरको जारमा पानी उत्पादन र बिक्री गर्ने कार्य योजना उपभोक्ता वाट अनुमोदन भएको भन्दै यसको प्रक्रिया अगाडी बढाएको सचिव राईले बताए ।

  हरिकृष्ण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख निलम खनालको रहेका थिए ।  कार्यक्रम सचिव लाल कुमार राईले गरेका थिए ।