विजयपुर । एलजी कम्पनीको एयर प्युरिफायर नेपाली बजारमा ल्याएको छ ।

प्युरिफायर सिजी इलेक्ट्रोनिक्सले बजारमा ल्याएको हो । ३ सय ६० डिग्री प्युरिफिकेसनले चारैतिरबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ । प्युरिफायरले शक्तिसाली फिल्टरेशन प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले हावामा हानिकारक पदार्थहरू गर्दछ ।

शुद्धीकरणहरूले हावामा तैरिरहेको भाइरस र कीटाणुहरूलाई हटाउने काम गर्दछ । ३ सय ६० डिग्री प्युरिफायरले कोठाको हावा सफा र आरामदायी राख्ने जनाएको छ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी (नासा) द्वारा निर्मित बोईङ–७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’ को मद्दतले हावाको एयर फ्लो गराई एयर रेसिस्टेन्स र फ्रिक्सन घटाउने कम्पनीको भनाइ छ ।

मल्टी फिल्टे«सन सिस्टममा ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलोलगायत प्रदूषणलाई ९९ दशमलव ९९ प्रतिशत हटाउने कम्पनीको दाबी छ । पि.एम. १.० सेन्सर र आयोनाइजरले सूक्ष्म कणलाई  हटाउने गर्दछ ।

साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एयरबोन पार्टिकल्सलाई पनि निष्क्रिय गर्ने कम्पनीले जनाएको छ । एल.जी. थिङ्क्युको स्मार्ट इन्डिकेटर रियल टाइममा  एयरको क्वालिटीको मापन गर्दछ । एल.जी. थिङ्क्युको माध्यमबाट प्युरिफायरलाई वाईफाई प्रयोग गरी स्मार्टफोनको माध्यमबाट सञ्चालन गर्न सकिन्छ । यस प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेसनले हावाको वितरण गर्न मद्दत गर्दछ । प्युरिफायरको १० वर्षको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।