धरान । धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ फुटबल कपअन्तर्गत बुधबार नारायणपुरको टिमले जितेको छ । 

विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा सञ्चालित खेलमा नारायणपुरले स्कुट टोलको टिमलाई ३–० गोलले हराएको छ । खेलमा विक्की तामाङ, विशाल राई र सरोज राईले एक–एक गोल गरे । खेलको म्यान अफ दी म्याच विपीन श्रेष्ठ घोषित हुँदै नगद ३१ सय रुपैयाँसहित ट्रफी पाए ।

dharan 14 game (4)

उनलाई वडाध्यक्ष कृष्ण भट्टराईका छोरा यमन भट्टराई र आइडियल बोर्डिङ स्कुलका प्रबन्धक लोकबहादुर खड्काले नगद तथा ट्रफी दिए । आइडियनले १ हजार रुपैयाँ र वडाध्यक्ष भट्टराईले २१ सय रुपैयाँ प्रदान गरेको हो । बिहीबारको खेल हात्तीसार र गैरीगाउँको टिमबीच हुने आयोजक धरान–१४ नम्बर वडा कार्यालयले जनाएको छ । 

dharan 14 game (5)