धरान । अभिनेता राजेश हमालले नयाँ गाडी जीप कम्पास किनेका छन् ।

बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पास किनेका हुन् । केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रूपमा बढिरहेको छ ।

यस्तो गति आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ । ‘जीपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछानेले भने, ‘नेपाली बजारले नयाँ जीप कम्पासलाई सहजै स्वीकारेको छ र हामी निकै उत्साहित छौं ।’

नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरूको लामो सूची छ र कम्पासमा जीपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ, जसले चालकलाई जहाँसुकै गरेर जेसुकै (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।

नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लङ्गिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म छ ।

Jeep-5