सुनसरी इटहरी उपमहानगरपालिका ४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ परेका छन् । 

 पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा कोठा गरी बस्ने ३० बर्षीय संजय लामा रहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।

कार्यालयका अनुसार शुक्रबार बेलुका ६ बजे बिशेष सुचनाको आधारमा  कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट  ९ ग्राम २० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।

पक्राउ परेका लामाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।