धरान । आन्तरिक राजश्व कार्यालय इटहरीले उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ ।

कर सप्ताहको समापनको अवसरमा मङ्गलबार उनीहरुलाई सम्मान गरिएको हो । मङ्सिर १ गतेबाट कर सप्ताह सुरु गरिएको थियो । 

आन्तरिक राजश्व कार्यालय इटहरीले उत्कृष्ट करदाताका रुपमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत,सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामाङ , धरान प्लाष्टिकका रविस सायेवाला र सपोर्ट लघुवित्त वित्तिय संस्था प्रालिकी कल्याणी तिम्सिनालाई सम्मान गरेको छ ।

त्यसैगरी राजस्व कार्यालय इटहरीकै नायव सुब्बा शोभित घिमिरेलाई पनि उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कार प्रदान गरिएको छ । प्रदेश नम्बर १ का प्रमुख सचिव डा.रामप्रसाद घिमीरे सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।