नेपाल बार एसोसिएसनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाएका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन माग राख्दै बारका आन्दोलनरत प्रतिनिधिले सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै  सभामुख सापकोटाले आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले  निष्पक्षता, तटस्थता र स्वतन्त्र रूपमा पहल गर्ने बताएका छन् । उनले भने, ‘तीन वटै अंगको ओज गरिमा कायम हुनुपर्छ । अहिले भइरहेको बहस नजिकबाट हेरेको छु ।’

उनले जारी बहसबाट निकै राम्रो निष्कर्ष निस्किने र सहज र स्वभमिविक निष्कर्ष निकाल्न सबै पक्ष गम्भीर हुनु पर्ने बताए । प्रधानन्यायाधीशले कार्यपालिकासँग मिलेर राजनैतिक भागबण्डा मागेको, न्याय सम्पादन गम्भीर खेलबाड गरेकोलगायत बारको आरोप छ ।