वराहक्षेत्र/ किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको शाखा चतरा सेवा केन्द्रले करिव ७१ करोड रुपैंया बराबरको निक्षेप बचत संकलन गरेको छ । आर्थिक वर्ष २०७७/७८मा संस्थाले विभिन्न १८ वटा बचत उत्पादनहरु वट उक्त बचत संकलन गरेको हो ।

शनिबार संस्थाको २० औं वार्षिक साधारण सभामा सदस्य युवराज खत्रीले आर्थिक प्रतिवेदन पेश गर्दै, नियमित, घरजग्गा, शेयर खरिद र शैक्षिकलगायत १८ वटा बचतका उत्पादन वाट ७० करोड, ६० लाख ७८ हजार ५सय ३ रुपैंया ४४ पैंसाको बचत गरेको बताए ।

सचिव थिरबहादुर खड्काकोे तर्फबाट आर्थिक विवरण पेश गरेका उनले चतरा शाखाले १० वटा क्षेत्रमा ७० करोड, ९ लाख ५७हजार ६ सय ६२ रुपैंयाको ऋण लगानी गरेको छ , भने ८ करोड २७ लाख ८३ हजार ९ सय रुपैंयाको शेयर पुंजीजम्मा गरेको बताए ।

सभामा उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले, रामधुनी, बांगे, राजावास, इटहरी, खनार, पुर्वी गैसार ,ईटहरी र चतरा गरी ७ वटा सेवा केन्द्रमार्फत् संस्थाले आर्थिक वर्षमा १ सय ३३ प्रतिशतले वृद्धि गर्दै करिव ३ अर्ब बराबरको बचत गरेको तथा करिब ६४ करोड रुपैंया ऋण लगानी गरिएको बताए ।

संस्थाको बचतकर्ता सदस्यहरुको विश्वास तथा मेहनेतले संस्थाले देशको उत्कृष्ट सहकारीको संस्थाको, यसैगरी एसियाली ऋण महासंघबाट एक्सेस सिल्भर, ब्रन्ज मेडललगायत ८ वटा उपलब्धि प्राप्त गरेको सदस्यलाई धन्यबाद् दिए ।

उपलब्धीको हकदार बचतकर्ता सदस्य भएको भन्दै उनले दर्जनबढी महिला पुरुष जेष्ठ सदस्यलाई शल ओढाएर सम्मान पत्रले अभिनन्दन गरिएको चतरा सेवा केन्द्र प्रमुख राजेन्द्र राउतले बताए ।

तोरीवारी खोनेपानी संस्थाको सभा हलमा भएको कार्यक्रमको सञ्चालन अनिस खड्काले गरेका थिए ।