धनकुटा/ धनकुटाका एबोकाडो कृषकहरुले विरुवा उत्पादन र फलमा गुणस्तर कायम गर्न सक्नु पर्ने आइतबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । 

धनकुटा नगरपालिका दोश्रो एवोकाडो महोत्सव समापनको अवसरमा आयोजना गरिएको “एवोकाडो प्रवद्र्धन तथा बजारीकणरमा सरोकारवाला निकायको भूमिका विषयक” अन्तरक्रिया कार्यक्रममा सहभागी विषय विज्ञ तथा सरोकावालाहरुले यस्तो जोड दिएका हुन् । सो अवसरमा उनीहरुले एवोकाडो देखिने रोगको पहिचान, स्थानिय प्रविधिवाट नियन्त्रणको प्रयास हुनु पर्ने, अनुसन्धान र प्रमाणिकरण, प्रचार प्रसार र बजार प्रवद्र्धन, सरोकारवालाको पहिचान र संस्थागत विकास एवंम् समन्वयमा जोड दिएका छन् । 

सो अवसरमा बाेल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन थिङ तामाङले एवोकाडो उत्पादन, प्रवद्र्धन, वजारिकणमा कृषकहरु नै अगुवा भएर आउनु पर्नेमा जोड दिए । प्रमुख तामाङले कृषकहरु आफै संस्थागत भएर एवोकाडोलाई गुणस्तरिय उत्पान दिएर आर्थिक उपार्जन लिन सक्रिय हुनु पर्नेमा जोड दिए । अन्तरक्रिया कार्यक्रममा पाख्रीवास कृषि अनुशन्धान केन्द्रका प्रमुख एवं किट विशेषज्ञ डा. गोविन्द तिम्सिनाले “एवोकाडो फल र प्रजातिका” विषयमा सहजकिरण गरेका थिए ।  

साथै, “एवोकाडो प्रवद्र्धन तथा बजारीकणमा सरोकारवाला निकायको भूमिका” को विषयमा गैरसरकारी संघ संस्थाहरुको प्रतिनिधिको रुपमा अन्तराष्ट्रिय दातृ निकायका प्रतिनिधिहरुको प्रतिनिधित्व गर्दै युथ इनोभेसन ल्यावका कार्यकारी निर्देशक प्रदिप खतिवडाले सहजीकरण गरेका थिए ।

त्यसैगरी धनकुटा नगरपालिकाको तर्फबाट “एवोकाडो प्रवद्र्धनका लागि नगरपालिकाले हालसम्म गरेको कार्य तथा उपलब्धिका बारेमा” प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले प्रश्तुतीकरण गरेका थिए भने “नगर क्षेत्रमा एवोकाडो उत्पादनमा देखिएको समस्या, चुनौती र निवारणका लागि सराकारवाला पक्षहरुले खेल्नु पर्ने भूमिका” का विषयमा आर्थिक विकास अधिकृत विकास अधिकारी, कृषि शाखा  प्रमुख भक्तमान राईले सहजीकरण गरेका थिए ।

विक्रेताहरुको तर्फबाट धनकुुटा–६ का अगुवा एवोकाडो कृषक जोतिराम पोख्रेल र प्र्रविण गुरागाँईले “एवोकाडो उत्पादनको आन्तरिक तथा वाह्य वजार सम्भाव्यता तथा चुनौती” का विषयमा प्रकास पारेका थिए । कृषक समुहको तर्फबाट “एवोकाडो उत्पादनको अवस्था, र उत्पादनमा देखिएका समश्या र चुनौती” का विष्यामा प्रतिनिधि राधा राईले प्रकास पारेकी थिईन् ।

आइतबार नै आयोजित एवोकाडोजन्य उत्पादन, प्रदर्शन, बिक्री वितरण तथा एवोकाडो महोत्सव समापन समारोहमा नगर क्षेत्रका करिब तिन दर्जन बढी एकोकाडो कृषकहरुलाई खेती गर्दा प्रयोग गरिने सिग्नेचर, विरुवामा पानी लगाउने हजारीसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

समापन समारोहमा दोश्रो एवोकाडो महोत्सव सञ्चालनको क्रममा सहयोग गर्ने सवैलाई धनकुटा नगरपालिकाका उप–प्रमुख शकुन्तला वस्नेतले धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा उनले धनकुटा नगरपालिकाले कसैलाई काख कसैलाई पाखा नगरी समान व्यवहार गरिहेको बताएकी थिइन् । नगरलाई हरावरा बनाउन धनकुटा नगरपालिकाले २ वर्ष पुरानो फोहोर नगरपालिकाले फ्यालिरहेको बताइन्।

धनकुटा कृषक समुहको अध्यक्ष खेमथापाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रम धनकुटा नगरपालिकाका प्रशासकीय अधिकृत डम्बर रोगुले गरेका थिए ।