विजयपुर । उद्यमशील बचत तथा ऋण सहकारी संस्था धरानले साढे ३ करोड नाफा गरेको छ । 

सहकारीको नवौँ वार्षिक प्रतिवेदनअनुसार सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा  कुल ३ करोड ३६ लाख ६ हजार ३ सय ९ रुपैयाँ ९५ पैसा नाफा गरेको छ । जसमा कर्जा ब्याजबाट २ करोड ५१ लख ४८ हजार ६ सय ७९ रुपैयाँ ५० पैसा आम्दानी गरेको छ ।

बैङ्क ब्याजबाट १४ लाख ३० हजार ५ सय ४० रुपैयाँ ७६ पैसा आम्दानी गरेको जनाएको छ । रेमिटेन्सबाट ६ लाख ५२ हजार ७ सय २० रुपैया, शेयर लगानीबाट २ लाख १७ हजार ६ सय ५५ रुपैयाँ र अन्यबाट ६१ लाख ५६ हजार ७ सय १४ रुपैयाँ ६९ पैसा आम्दानी गरेको छ ।

सहकारीले आफ्नो शेयर पुँजीमा १ सय १० प्रतिशतले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा २ करोड २१ लाख २५ हजार शेयर पुँजी भएको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ मा कुल ४ करोड ६४ लाख ९७ हजार ३ सय रुपैयाँ भएको जनाएको छ ।

पत्रकार लोहार सम्मानित
सहकारीले पत्रकार रणध्वज लोहारलाई ‘प्रथम उद्यमशील पत्रकारिता पुरस्कार २०७८’ बाट सम्मानित गरेको छ ।

सहकारीको ९ औं वार्षिक साधारणसभाको अवसरमा लोहार सम्मानित भएका हुन् । उनलाई १० हजार ५ रुपैयाँ नगद तथा सम्मान–पत्रले कार्यक्रमका प्रमुख अतिथि १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले सम्मानित गरे ।

लोहार औजार अनलाइनका कार्यकारी सम्पादक र रेडियो धरानबाट प्रसारण हुने फूलबारी बहस कार्यक्रमका प्रस्तोता हुन् । उनलाई पत्रकारिताको माध्यमबाट सहकारीको संरक्षण प्रबद्र्धनमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।

सहकारी संस्थाले ‘उद्यमशील पत्रकारिता पुरस्कार’ लाई निरन्तरता दिने जानकारी दिएको छ । सहकारी संस्थाले वार्षिक साधारणसभाको अवसरमा पत्रकार लोहारसहित उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गरेको छ ।

sahakari1