धरान (ब्लाष्ट) गोल्छा अर्गनाईजेसन अन्तर्गत हुलास वायर इन्डष्ट्रिज लिमिटेडले उद्योगपति स्व.महेन्द्र गोल्छाको १२ औं पुन्य तिथिमा धरान स्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका विद्यार्थीलाई सहयोग प्रदान गरेको छ ।

विहीबार गोल्छा अर्गनाईजेसन, हुलास वायरका कर्मचारीहरुले विद्यालयमा पुगेर ४० थान ब्लाङ्केट, ५ दर्जन विस्कुट, २ कार्टुन फ्रुटि विद्यार्थीहरुलाई वितरण गरे । हुलासले हरेक वर्ष मंसीर २ गते पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय र विभिन्न स्थानमा सहयोग प्रदान गर्ने गरेको गोल्छा अर्गनाईजेसनकी पब्लिक रिलेसन अफिसर राधा थापा मगरले बताईन् । उनका अनुसार यसअघि सो विद्यालयमा टेवल टेनिस, फुटबल लगायतका खेलकुद सामग्रीसँग आवश्यक सहयोग गरिएको छ ।

2 1

उद्योगपति गोल्छाको स्मृतिमा उनकी पत्नि राज्यलक्ष्मी गोल्छाले हरेक वर्ष विभिन्न आश्रम, विद्यालय तथा मन्दिरहरुमा सहयोग गर्ने गरेकी छन् । 

3