सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  २०० ले बढेर  ९४ हजार ५०० कायम भएको छ । पहेँलो धातु बुधबार प्रतितोला  ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९४ हजार तोकिएको छ । बुधबार प्रतितोला  ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबारमूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधबार चाँदी प्रतितोला  एक हजार २८० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।