गौरादह नगरपालिका ५  बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको हत्यामा  संलग्न रहेको अभियोगमा  ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

कात्तिक ११ गते बिहानदेखि सम्पर्क बिहिन रहेका  मियाँको खोजिका लागी १४ गते प्रहरीमा दिएका निवेदनका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कात्तिक २६ गते महम्मद सद्दामको घरमा रहेको सेफ्टी ट्याङ्कीभित्र  फेला परेको थियो ।

धारीलो हतियार प्रयोग गरी हत्या गरी  कम्बलमा पोको पारेर फालिएको अवस्थामा  शव फेला परेका  मियाँको हत्यामा संलग्न रहेको आरोपमा  गौरादह नगरपालिका ५ बस्ने ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँ बस्ने २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र सोही ठाउँ बस्ने ३८ वर्षीया कुर्समान खातुन  पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका अनुसार अनुसन्धानको क्रममा व्यक्तिगत रिसइबीको कारण मबेसिर हुसेनको हत्या गरेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ, छुरी र घन  लगायत चिजबस्तुहरु समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरू उपर कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत झापाबाट म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भईरहेको  उक्त कार्यालयले जनाएको छ ।