धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचक १.३८ अङ्कले घटेर दुई हजार ६८८.९२ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२५ ले उकालो लागेर ५०२.४४ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

बैंकिङ ७.४३, व्यापार १६.२९, जलविद्युत् २.९८, जीवन बीमा ६८.१७, सामूहिक लगानी ०.०७, लगानी ३.१९ अङ्कले ओरालो लागेको छ ।

त्यस्तै होटेल तथा पर्यटन ३४.९९, विकास बैंक १६४.८७, वित्त २९.१८, निर्जीवन बीमा २०.० २०.०६, उत्पादन ५२.२६, अन्य ३५.४२, लघुवित्त ४.२८ अङ्कले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको २७ करोड ३९ लाख ९३ हजार ९३ बराबरको कारोबार भयो ।

आइसिएफसी फाइनान्स २४ करोड २८ लाख ७२ हजार ६९०, नबिल बैंक १६ करोड ६७ लाख ६५ हजार ३६८, लुम्बिनी विकास बैंक १६ करोड २३ लाख ८६ हजार ८२२, र साहस ऊर्जा १३ करोड ४४ लाख २३ हजार ७३२ बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा परेको छ ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख १३ हजार ६८० बराबर पुगेको छ । कारोबारका आधारमा बोटलर्स तराईको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भयो । मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयर मूल्यमा ९।९९ प्रतिशतले वृद्धि भयो । महालक्ष्मी विकास बैंक ९.८७ र कालिका पावर कम्पनीका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।

त्यस्तै एचआइडिसिएल १०, सासह ऊर्जा ८.७४, नयाँ सारथी लघुवित्त ३.२६, समिट लघुवित्त ३.०५ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले २.८९ प्रतिशतले गुमाए ।