प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्। उनले आठवटा इजलासमा पेसी तोकेकामा  सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ ।

पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन । प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि  न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आइरहेका छन् ।

  राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा रोक लागउने नेपाल बारको घोषणापछि जबराले बालुवाटारस्थित सरकारी निवासबाटै मुद्दा सुनुवाइका लागि इजलास गठन गरेका हुन्।

नेपाल बारको नेतृत्वमा प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिन कानून व्यवसायीहरू सर्वोच्च अदालतको मुल गेटमा धर्नामा रहिरहदा  कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका छन् ।