नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जुन वाणिज्य  बैंकहरूमा सबैभन्दा उच्च हाे । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ३३.६ प्रतिशत बोनस सेयर र करसहित ४.४० प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे बैंकका डेपुटी जेनेरल म्यानेजर मनोज ज्ञवालीले जानकारी दिएका छन्।

बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त्र प्रतवित लाभांश नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत पश्चात वार्षिक साधारणसभाबाट पारित भएपछि सर्वसाधारणलाई वितरण गरिने छ ।