विजयपुर । यामाहाले नयाँ मोडेलको एफ जेड भी थ्री मोटरसाइकल बजारमा ल्याएको छ ।

सोमबार नयाँ मोडेलको मोटरसाइकल धरानमा पनि बिक्री थालिएको छ । विजयपुर ट्रेडर्सले यामाहम शोरुममा एक कार्यक्रमको आयोजना गरी  मोटरसाइकल सार्वजनिक गरेको हो ।

उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटाले मोटरसाइकल सार्वजनिक गरे । १ सय ४९ सिसीको मोटरसाइकलमा डिजिटल प्रविधि रहेको ट्रेडर्सका सञ्चालक प्रभाव खतिवडाले बताए ।

मोटरसाइकलमा ‘ब्लुकोर’ इञ्जिन  रहेकाले कम इन्धन खपत र वातावरणमैत्री रहेको उनले बताए । मोटरसाइकल ४ रङमा उपलब्ध रहेको छ ।

रातो, निलो र हरियो रङको मोटरसाइकललाई ३ लाख ७९ हजार ९ सय रुपैयाँ पर्दछ भने कालो रङको मोटरसाइकलको ३ लाख ८४ हजार ९ सय रुपैयाँ पर्ने कार्यक्रमका सञ्चालक इन्दु योञ्जनले बताए । मोटरसाइकलमा ब्लुटुथ रहेको छ । मोटरसाइकलमा ‘ई लक’ सुविधा रहेको छ ।