धरान । इलेक्ट्रोनिक्स ब्राण्डमा स्थापित सिजीले चाडपर्व लक्षित ‘सिजी स्मार्ट होम’ योजना ल्याएको छ ।

‘यो उत्सवमा घरलाई बनाऔं, सिजी स्मार्ट होम’ नामक योजना ल्याएको हो । यस योजनाअन्तर्गत सिजीका कुनै पनि ब्राण्डका सामान खरिद गर्दा क्यास ब्याक र उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सिजीले ५५ हजारसम्मको महाबचत हुने जनाएको छ । उक्त योजनाअन्तर्गत हरेक १५–१५ दिनमा लक्की ड्रमार्फत् दोहोरो ढोका भएको रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात ३ दिनको मेघौली सेराइको प्याकेज दिइने जनाइएको छ ।

सिजीका कुनै पनि एलइडी टिभी, रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, शोकेस, कुलर र भ्याकुमको खरिदमा क्यास ब्याकसँगै अन्य उपहार प्राप्त गर्ने जनाइएको छ ।

सिजीको माइक्रोवेभ ओभनको खरिदमा २ हजार ८ सय बराबरको कुकिङ किट तथा क्यास ब्याक, एसीको खरिदमा ४ हजार बराबरको निःशुल्क जडान तथा क्यास ब्याक र सिजी डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सिजीका सामान खरिद गर्ने ग्राहकले लक्की ड्र तथा बम्परमा सहभागी हुन मोबाइलमार्फत् सिजीएसएच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको बिल नम्बर लेखी ३१००१ मा एसएमएस पठाउनुपर्ने जनाइएको छ ।