श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज २२ गते शुक्रबार, ०८ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज शुक्लपक्षको द्वितिया तिथि ११ः०९ बजे सम्म, उप्रान्त तृतिया नक्षत्र  स्वाति १९ः१७ बजेसम्म, उप्रान्त विशाखा, चन्द्रमाराशि तुला, सूर्योदय ६ः०० र सूर्यास्त ५ः४२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । भित्रबाट विशेष सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कार्य सम्पादनमा समस्या आउला । चोटपटको भय छ सचेत रहनु होला । साँझमा पैसा खर्च हुने योगछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हनु सक्नेछ । जीवन साथीको सल्लाहमा गरेको कार्यबाट सफलता मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज बजार धुम्ने अवसर मिल्नेछ । धनार्जनको नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । मन शान्त रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज पारिवारिक भेटघाटमा रमाइनेछ । केही नयाँ कुरा खरीद गर्न सकिनेछ । दिन राम्रो छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठामा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ । मन प्रसन्न रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
रमणिय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । मन प्रसन्न रहनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । दिन राम्रो रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवं लगनशिलताले विभिन्न अवसर दिलाउनेछ ।