विराटनगर ।  त्रिभुव विश्व विद्यालयले लिएको परीक्षामा सेमिस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमिस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो ।

बिएससी सिएसआइटी फस्ट सेमिस्टरका हिमाङसु दाहाल, थड सेमिस्टरमा अनिश भत्त जोशी र पाँचौं सेमिस्टरका रामसिस कामतलाई नगदसहित कलेजले सम्मान गरेको छ ।

यसैगरी बीआइएम थड सेमिस्टरका कैलाश यादव, फस्ट सेमिस्टरका दिपा साह र पुष्पा साह, बिएचएमको फस्ट सेमिस्टरका दिपेन्द्र अधिकारी, बिबिएस चौथो वर्षका गुन्जन गुप्तालाई कलेजले सम्मान गरेको छ ।

यसैगरी माइक्रोसप वल्ड च्यापियन हुने अनिश भक्त जोशीलाई पनि कलेजले सम्मान गरेको छ ।  सम्मानित भएका विद्यार्थीहरूलाई कलेजले सेमिस्टरमा लाग्ने २५ प्रतिशत छात्रवृत्ती दिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए ।

सम्मानित हुने विद्यार्थीहरूलाई कलेजका निर्देशक भेषराज पोखरेल, शैलेन्द्र सिवाकोटी, सञ्चालकहरु ज्ञानबहादुर खड्का, लक्ष्मण ढकाल, आइटी डिपाटमेन्ट प्रमुख सुमित साह, व्यवस्थापक प्रमुख भुपाल मिश्रालगायतले विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए ।