धरान । धरान–१६ स्थित युएन, नवोदय कलेजको बिएचएममा प्रदेश १ मा ‘सेकेण्ड टपर’ र ‘धरान टपर’ विद्यार्थीलाई नगदसहितले सम्मानित गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बिएचएमको फस्ट सेमेष्टर र तेस्रो सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहितले सम्मानित गरिएको हो । तेस्रो सेमेष्टरमा प्रिजा डाँगी धरान प्रथम तथा प्रदेश सेकेण्ड बनेकी छन् ।

प्रिजाले ३.८४ जिपिए प्राप्त गरेकी थिइन् । उनलाई नगद १५ हजार रुपैयाँले सम्मानित गरिएको कलेजका प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । त्यस्तै प्रथम सेमेष्टरकी जानुका राईले धरान प्रथम तथा प्रदेश तेस्रो नतिजा ल्याएकी थिइन् ।

जानुकाले ३.७३ जिपिए प्राप्त गर्न सफल बनेकी छन् । उनलाई नगद १० हजारसहित सम्मान गरिएको छ । कलेजका अध्यक्ष ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, होटल व्यवस्थापनका संयोजक गगनमान श्रेष्ठलगायतले सम्मान–पत्र र नगद प्रदान गरे ।

त्यस्तै प्रथम सेमेष्टरमा दोस्रो हुने एञ्जेला राई र अनिष लिम्बू, प्रथम सेमेष्टरमा तेस्रो हुने स्मारिका दाहाल, तेस्रो सेमेष्टरमा दोस्रो हुने स्टेला लिम्बू र तेस्रो सेमेष्टरमा तेस्रो हुने रीतु राईलाई पनि नगदसहितले सम्मानित गरिएको थियो ।

युएन कलेजले बिएचएम नेपाल टपलाई नगद ५० हजार पुरस्कार र सम्मान–पत्र, प्रदेश टपरलाई नगद २५ हजार र सम्मान–पत्र, प्रदेश १ सेकेण्ड टपरलाई नगद १५ हजार र सम्मान–पत्र, थर्ड टपरलाई नगद १० हजार र सम्मान–पत्रले सम्मान गर्दै आएको छ ।