श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज १५ गते शुक्रबार, ०१ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज कृृष्णपक्षको नशमी तिथि २३:२१ बजे सम्म, उप्रान्त एकादशी नक्षत्र  पुष्य ३:१२ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५:५६ र सूर्यास्त ५:५० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
मिहिनेत गर्दा कार्य सिद्धिको समय छ । अध्ययन अध्यापनको क्षेत्रमा रुचि बढ्ने देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति छाउने छ । मिष्ठान्न भोजन प्राप्त होला । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बन्द व्यापार र पेसा व्यवसायको क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्ने देखिन्छ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग मनमुटाव बढ्ला र सामान हराउन सक्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षेत्रमा प्रभुत्व जगाउदै नाम , इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिन शुभ रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तको उपहारले प्रसन्नता मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । सोचेअनुरुप  सफलता मिल्नाले मन प्रफुल्लीत रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गाजमिनको कारोबारबाट प्रसस्त लाभ हुनेछ । इष्टमित्रहरुको समहयोग प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कस्मेटिक व्यापार व्यवसायबाट लाभ मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफ योग्य कामले धेरैको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्रोत साधन जुट्नाले गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । समय राम्रो रहेको छ ।