भद्रपुर । नेपाल भारत सीमाको काँकडभिट्टा पुललाई सामान्य बनाउनको लागि पानीटङ्की व्यापार समितिले विरोध प्रदर्शन गरेका छन् ।

नेपाल सरकारले  सिमाना खोल्ने निर्णय गरेपछि भारत सरकारले भारत–नेपाल सीमाको काँकडभिट्टा पुल पनि खोल्नु पर्ने माग राखि विरोध गरेका हुन् ।

उनीहरुले नजिकैको भारतीय सीमा प्रशासको कडा शब्दमा आलोचना गर्दै विरोध जनाएका छन् । पानीटङ्की नेपाल – भारत सिमाना नजिकै रहेर विरोध गरेका थिए ।

नेपाली नागरिकहरु पनि हाट बजार गर्न भारतीय क्षेत्रमा आउँछन्, जब कि भारतीय क्षेत्रमा बस्ने लाखौं मानिसहरु आफ्नो जीविकोपार्जनको लागि नेपालमा निर्भर छन् ।

सीमा क्षेत्र पानीटङ्की लगायतमा बसोबास गर्ने हजारौं भारतीय नागरिकको जिविकोपार्जनमा समस्या सृजना भएको छ । उनीहरुले मेचीपुल नखुलेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

पानीटङ्की व्यापार समितिका सचिव दीपक चक्रवर्तीले नेपाल सरकारले सिमाना खोलेपनि भारत सरकारले भारत–नेपाल सीमाको काँकडभिट्टा पुल खोल्नु पर्ने बताए ।

नजिकिदै गरेको चाडपर्वमा आफन्त र नातेदारहरुलाई स्वतन्त्र रुपमा भेट्न सकिने व्यवस्था मिलाइनु पर्ने उनको भनाइ छ । भारतबाट नेपाल हजारौं रोजगारीका लागि नोपली सीमा क्षेत्रमा जाने र नेपालबाट समेत आउने गरेको उनको भनाइ छ ।

सीमा खोल्ने सम्बन्धमा राज्य प्रशासनले कुनै जानकारी नदिएको उनको आरोप छ । गएको १८ महिनादेखि सामान्य रुपमा आवागमन नहुँदा पानीटङ्की बजारका १२०० पसलहरु पूर्ण रुपमा प्रभावित भएको उनले जनाए ।

काँकडभिट्टा सीमाना सामान्यीकरण गर्ने मागको बारेमा सेप्टेम्बर ७ तारिकमा दार्जिलिङ्ग जिल्लाका डीएम एस पन्नाबल्लमको नामबाट खोरीबारी बीडीओ निरंजन बर्मनलाई ज्ञापन पेश गरेपनि प्रशासनको तर्फबाट हालसम्म कुनै पनि आदेश वा सूचना नआएको उनी बताउँछन् ।