धरान । एनसेल आजियाटा लिमिटेड ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत भएको छ ।

एनसेलले ‘मस्ट सोसिएल्ली रेस्पोन्सिबल टेलिकम कम्पनी’ र एनसेलका कार्यकारी प्रमुख एण्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन् । एनसेलले उक्त अवार्ड एकसाथ प्राप्त गरेको छ । जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीहरूलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । विशेषगरी बैङ्किङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्ताहरूलाई अवार्ड दिने गरिएको छ ।

त्यस्तै एनसेल ‘वल्र्ड कम्युनिकेसन्स अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कण्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’ का लागि पनि सूचीकृत भएको छ । उक्त पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा टोटल टेलिकम कङ्ग्रेस कार्यक्रममाझ लण्डनमा गरिने भएको छ ।

‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लण्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुनेछ ।

‘मस्ट सोसिएल्ली रेस्पनसिबल टेलिकम कम्पनी’ र ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जित्न सफल भएकोमा खुसी व्यक्त गर्दै एनसेलका कार्यकारी प्रमुख एण्डी चोङले भने, ‘एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सामाजिक पहलअन्तर्गत हामीले समुदायहरूमा पु¥याएको महत्वपूर्ण योगदानको कदरस्वरूप यो अवार्ड पाएकोमा हामी निकै हर्षित छौं ।’

उनले शिक्षा, स्वास्थ्य र वातावरणजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै देशको विकास र दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पु¥याउन हामीले विभिन्न सामाजिक परियोजनामा १ अर्ब ४० करोड रूपैयाँभन्दा बढी लगानी गरिसकेको बताए । कम्पनीले सन् २०२५ सम्ममा डिजिटल सेवाप्रदायक कम्पनीको रूपमा स्थापित हुने लक्ष्यका साथ काम गरिरहेको छ ।