नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ । तेजाबी सुन सोमबार प्रतितोला ८८ हजार ८५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य सोमबारको तुलनामा आज प्रतितोला पाँचले घटेको छ । सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला एक हजार १५५ तोकिएको छ ।