आज सुनको मूल्य नेपाली बजारमा प्रतितोला ३०० ले बढेको छ ।

छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० तोकिएको छ  ।

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला  १० ले बढेको छ । आइतबार प्रतितोला १ हजार १५० मा कारोबार भएको चाँदी  आज प्रतितोला १ हजार १६० तोकिएको हो ।