विराटनगर ।  विराटनगर–१० स्थित अरनिको उच्च माविले कक्षा १२ विज्ञान तथा व्यवस्थापन सङ्कायका ८ सय ९० जना विद्यार्थीहरूलाई बिदाइ गरेको छ । 

कलेजमा अध्ययनरत विज्ञान सङ्काय १७ औं ब्याचका विद्यार्थीहरूलाई कलेजले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको हो ।

कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की, को–अर्डिनेटर विकास खनाल, संस्थापकहरू डा. भविन्द्र निरौला, भरत दाहाल, निलमकुमार अधिकारी, शैलेश झा, लक्ष्मीप्रसाद अधिकारी र उमेन्द्र विलाश लुइटेलको सहभागिता रहेको थियो ।