धरान । वराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार संस्थापक अध्यक्ष स्वर्गीय इन्द्रकुमार लामिछाने विश्वकर्माको ६४ औं जन्मजयन्तीमा रक्तदान कार्यक्रम गरिने भएको छ । 

असोज १३ गते धरान–८ स्थित वराह ग्रुपको नयाँ भवनमा रक्तदान कार्यक्रम गरिने शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागेको जनाएको छ । धरानलाई रक्तदाताको सहरका रूपमा चिनाउन भूमिका खेल्दै आएको वराहले यसपटक पनि रक्तदान कार्यक्रम गरेर जन्मजयन्ती मनाउन लागेको हो । 

२०६७ सालदेखि रक्तदान कार्यक्रम सुरु गरेको वराहले २०७४ सालमा १ हजार ५६ युनिट रगत सङ्कलन गर्दै देशभरिमा दोस्रो बनेको थियो । कम्पनीको २४ वटा इकाईले हरेक महिना रक्तदान कार्यक्रम गर्ने पनि जनाएको छ ।