सिरहा। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रदेश नं.२ का शाखा र उपशाखा प्रमुखहरुको बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।

ईन्स्योरेन्सलाई थप सबल बनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले बताए । नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक प्रमुख दिगविजय सिंघलले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । 

ईन्स्योरेन्सले देशमा प्रथम स्थान हासिल गरेकोले यसलाई जोगाई राख्न लाग्नु पर्ने नेपाल लाइफ इन्स्योरेन्सका बरिष्ठ सहायक महा प्रबन्धक (राष्ट्रिय सेल्स) प्रमुख सिंघलले बताए ।

कम्पनीलाई थप मजबुत बनाउन अझै सशक्त भएर लाग्न शाखा र उपशाखा प्रमुखहरूलाई उनले निर्देशन दिए । 

उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स जनकपुर शाखाका प्रमुख संजय कामतको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बरिष्ठ सहायक महा प्रबन्धक  दिगविजय सिंघलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपस्थित भएका  सम्पुर्ण शाखा र उपशाखा प्रमुखहरुले आफ्नो/आफ्नो मन्तव्य राखेका थिए ।