श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज ०४ गते सोमबार, २० सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ शुक्लपक्षको पूर्णिमा तिथि ५ः३७ बजेसम्म, उप्रान्त प्रतिपदा नक्षत्र  पूर्वभाद ४ः१३ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः०२ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ने देखिन्छ । दिन सामान्य छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । दिन राम्रो छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । दाम नाम र इनाम प्रतिष्ठा कमाउने समय छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछ । परिवारमा सुख सन्तोष छाउला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

काममा आफ्नै श्रमपरे पनि प्रतिफल माथि अरुले राज गर्नेछन् । विचार पु¥याएर अगाडी बढ्नु होला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

वस्त्र आभुषण को व्यापार व्यवसायबाट प्रसस्त लाभहुनेछ । लामो दुरिको यात्रा रहेको छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रमाइलो भेटघाटका विच स्वादिष्ट भोजनको आनन्द लिने  अवसरसमेत जुट्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेतीहरुका लागी दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुने योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अस्वस्थ्यताले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

वैदेशिक यात्राको योग रहेको छ ।सोचे अनूरुप लाभ हुनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रेम सम्बन्धमा समस्या आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । सन्तानबाट सन्तुष्टि प्राप्त होला ।