श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज ०२ गते शनिबार, १८ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ शुक्लपक्षको द्वादशी तिथि ७ः११ बजेसम्म, उप्रान्त त्रयोदशी नक्षत्र  धनिष्ठा ३ः३४ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पैसा र व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अधुरा र रोकिएको काम दोहो¥याएर गर्दा फाइदा हुन सक्नेछ । यात्राको योग रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धनार्जका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोकाहुनसक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज कुनै पनि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घरपरिवारका सदस्यहरुबाट सहयोग पाईनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायम सफलता मिल्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । ररमणीय सुखद यात्राको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज एउटै कार्यबाट दोहोरो लाभ मिल्नेछ । बन्धुवान्धवहरुबाट सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । सौन्दर्यतामा धन खर्च हुनसक्छ ।