सङ्क्रमण नियन्त्रण हुँदै गएपछि धरानका शैक्षिक संस्थाहरु खुल्न थालेका छन् । विद्यालयहरुले कक्षा १२ को परीक्षा विद्यालयमै भौतिक उपस्थितिका माझ सन्चालन गरिरहेका छन् । 

धरानमा पहिलो पटक एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट कक्षा सन्चालन गरिरहेको प्राइम भिजन हस्पिटालिटी म्यानेजमेन्ट कलेजले भौतिक कक्षा सन्चालनका लागि पूर्व तयारी गरेको छ । 

शुक्रबार कलेजले नयाँ भर्ना भएकासहित अघिल्ला कक्षामा अध्ययनरत ६० जना विद्यार्थीको स्वास्थ्य परीक्षण गराएको छ । 

जनरल फिजिसियन सेवासहित विद्यार्थीले आँखा, दाँत, जनरल मेडिसिनसहितका शारीरिक परीक्षण गराएका छन् । विद्यार्थीहरुको रक्त समूह परीक्षणसमेत गरिएको छ ।

'फिजिकल क्लास सुरु गर्नु अघि विद्यार्थीको हेल्थ चेकअप गरिएको हो,' कोर्डिनेटर अनिल श्रेष्ठले भने, 'स्वास्थ्य मापदण्डको पालन गर्दै भौतिक कक्षा सन्चालन गर्ने तयारी भैरहेको छ ।' 

विद्यार्थीहरुको स्वास्थ्य परीक्षण आँखा रोग विशेषज्ञ डा. रोजी श्रेष्ठ, जनरल फिजिसियन डा. अविनाशकुमार शाह, दन्त चिकित्सक डा. दीपक मिश्रलगयतले विद्यार्थीको स्वास्थ्य परीक्षण गरेका थिए । 

कलेजलाई धरानस्थित खान चस्मा घर र इनरुवास्थित भवानी डेन्टल क्लिनिकले प्राविधिक सहयोग गरेका थिए । 

कलेजले विद्यार्थीको स्वास्थ्य सम्वेदनशीलतालाई मध्यनजर गर्दै स्वास्थ्य बीमासमेत गरिदिने प्रतिबद्धता जनाएको छ ।