श्री शालिवाहनीय शाके १९४२ ने.सं. ११४१ वि.सं. २०७८ साल असोज ०१ गते शुक्रबार, १७ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ शुक्लपक्षको एकादशी तिथि ८ः२५ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र  श्रवण ३ः५० बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः५० र सूर्यास्त ६ः०६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लाभदायक यात्रा रहला । महिला वर्गबाट विशष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफुले गरेका कार्यमा आत्मासन्तुष्टि प्राप्त हुनेछ । नसोचेको स्थानबाट धन आगमनको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यात्रामा मालसामान हराउन सक्छ । मनमा निरासा र शरिरमा आलस्य आउला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साना तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्त तथा साथीभाइसँग सन्तुलित व्यवस्था गर्नुहोला । अध्ययन अध्यापनको क्षेत्रमा प्रगति हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सम्भावना देखिए पनि उपलब्धी हातपार्न समय लाग्नेछ । वैदेशिक यात्राका योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । धनलाभ र मनग्गे अर्थ सञ्चय गर्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनैतिक क्षेत्रमा सफलता पाइनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्च लागे पनि कामतर्फ सकरात्मक सङ्केत प्राप्त हुनेछ । पछिका लागि केहि वस्तु त्याग्नुपर्ने हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । प्रतिष्ठित काम गर्दै जाँदा नाम र काम कमाउन सकिनेछ ।