बिर्तामोड/ झापाको बिर्तामोडबाट प्रहरीले २३ ग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले चेकजाँच गर्ने क्रममा मोरङको पथरीका दुई युवाको साथबाट ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

प्रहरीले पथरीको बुद्धचोकका भीमराज राई र अनुप सुब्बाको साथबाट ब्राउन सुगर बरामद गरेको जनाएको छ । बिर्ताबजारमा भएको चेकजाँचमा दुबैजनाबाट लागूऔषध ब्राउन सुगर बरामद भएको थियो ।

उनीहरुको साथबाट को २७ प ८६७४ नम्बरको मोटरसाइकल, दुई थान मोवाईल र लागू औषध ब्राउन सुगर बरामद गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले जानकारी दिए ।