रुपन्देही। रुपन्देहीको गैडहवाबाट आफ्नै नाबालक छोराको घाटी रेटी हत्या गरेको अभियोगमा एक दम्पत्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा गैडहवा  गाँउपालिका ६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनु मल्ला रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  कार्यालयका अनुसार उनिहरुले ८ महिनाको नवाक छोरा सुरज मल्लाहको हत्या गरेका हुन् । 

आइतबार राती १ बजे आफ्नै घरको छतमा दुधे बालक सुरजको घाटी रेटी हत्या भएको हत्या भएको भन्ने सूचनाको आधारमा पुगेको लाइला प्रहरी कार्यालय लुम्बिनीको टोली घटना स्थलबाट रगत लागेको हसिया बरामद गरेको कार्यालयले जनाएको । 


कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाका अनुसार घरको छतमा रगत जमेको अवस्थामा रहेको , उनिहरु सुत्ने कोठाको रगत लागेको हसिया बरामद हुनुका साथै विद्युतको स्वचिमा र रेनुले लगाएको सारीमा समेत रगत लागेको भेटिएको थियो ।


उनले भने ‘ मृतकको हजुरबुबा र हजुरआमासँग जग्गाको विषयलाई लिएर विवाद हुने, झगडा हुने गरेको खुल्यो दुधे बालकको किन हत्या गरियो भन्ने चाही खुलेको छैन । लगाएको कपडा र जताततै रगत देखिएपछि  सोधपुछ गर्दा हत्या गरेको स्वीकार गरेका छन् । ’  

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भई रहेको कार्यालयले जनाएका छन् ।