श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २८ गते सोमबार, १३ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ शुक्लपक्षको सप्तमी तिथि १५:२३ बजेसम्म, उप्रान्त अष्टमी नक्षत्र अनुराधा ८:३३ बजेसम्म, उप्रान्त  ज्येष्ठा, चन्द्रमाराशि वृष्चिक, सूर्योदय ५:४८ र सूर्यास्त ६:१० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सेयरमा लगानी गर्दा प्रसस्त लाभ हुने योग छ । व्यापार व्यवसायबाट उन्नती प्रगती भएको महसुस हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पहिलेका कमजोरी सुधार्दै जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगनी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आफुले गरेका कार्यमा आत्मसन्तुष्टी प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यात्रामा मालसामन हराउन सक्छ । मनमा निरासा र शरीरमा आलस्य आउनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

सुख, दुख बराबरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नर्दा वेश हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

पे्रम सम्बन्धमा निखारता आउनेछ । आफन्त इष्टमित्रहरुको भरपुर सहयोग मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

विहान विवादास्पद काममा हात हाल्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुनेछ । दिन राम्रो छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

दुध तथा कृषि क्षेत्रबाट प्रसस्त लाभ मिल्नेछ । आफन्त तथा इष्टमित्रहरुको साथ र सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरुप काम बन्नाले मन प्रफुल्लीत रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सेयर लगानी गर्दा विचार पुर्याउनु होला । खानपानमा विचार पुर्याउनु होला ।