विजयपुर/धरानका शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्ने तयारी गरेसँग सरोकारवालासँग सुझाव माग गरिएको छ । 

उपमहानगरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शैक्षिक संस्था सञ्चालनको लागि सरोकारसँग सुझाव, सल्लाह, गुनासा तथा प्रतिक्रिया मागेको हो ।

उपमहानगरले भौतिक रुपमा कक्षा सञ्चालनका लागि सामुदायिक, नीजि तथा संस्थागत विद्यालयका प्रध्यानाध्यापक, विद्यार्थी, विद्यार्थी संघ संगठनलगायत सरोकारवाला पक्षसँग सुझाव, सल्लाह, गुनासा तथा प्रतिक्रियाहरु माग गरेको हो । उपमहानगरका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर बटुवालले भौतिक रुपमा उपस्थितिमा शैक्षिक गतिविधि सञ्चालनका लागि सुझाव माग गरेको बताए ।

उनले भने, भौतिक रुपमा सञ्चालन कसरी गर्ने भनेर सुझाव वा  गुनासा तथा प्रतिक्रियाहरु माग गरेका छौँ, त्यसको आधारमा निर्णय गछौँ ।’ उनले भने, ‘भौतिक रुपमा सञ्चालन गर्ने नै हो, सुझाव आएपछि चाँडै निर्णय गछौँ ।’ 

कोरोना भाइसका कारणले गत शैक्षिक शत्रदेखि भौतिक पठनपाठन बन्द भएको थियो । विज्ञप्तिमा वैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन गर्दा सबै विद्यार्थी नसमेटिने र शैक्षिक गुणस्तर पनि हासिल गर्न नसकिने उल्लेख छ ।

सल्लाह, सुझाव, गुनासा तथा प्रतिक्रिया उपमहानगरको शिक्षा, य्वा तथा खेलकुद महाशाखा वा नगर प्रमुखको नीजि सचिवालयमा पठाउनु पर्नेछ ।