श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २३ गते बुधबार, ८ सेप्टेम्बर २०२१ । राक्षसनाम संवत्सर, भदौ शुक्लपक्षको द्वितीया तिथि २ः४३ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र उत्तरफाल्गुनी १६ः१३ बजेसम्म, उप्रान्त  हस्ता, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
शुभकार्यको चर्चा चल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्ने देखिन्छ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक जीवन सनतोषप्रद रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक यात्राको योग छ । आफन्तहरूको सहयोगले कामकाज अगाडि बढ्नेछन् । दिन राम्रो रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रमणीय र सुखद्  यात्राको योग छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । आवश्यक भौतिक साधन सजिलै जुट्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अतिथिको रूपमा सत्कार पाइएला । रमणीय र सुखद् यात्राको योग रहेको देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक कारोबारमा मन्दी आउनेछ । अनावश्यक झुटा आरोप लाग्ने हुँदा सजग रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटेको र ताकेको कार्य पूरा होला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफन्तको प्रगतिमा मन रमाउनेछ । काम गर्ने उत्साह बढ्नुका साथै भोजभतेरमा जाने मौका मिल्नेछ ।