श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ २१ गते सोमबार, ६ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको चतुर्दशी  तिथि ८ः०० बजेसम्म, उप्रान्त पञ्चमी नक्षत्र मघा १८ः१० बजेसम्म, उप्रान्त  उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः१८ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज लगानशीलताको कमीले गर्दा ठुलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्च बढ्नेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज मनमा हर्ष, उपङ्ग र उत्साह छाउनेछ । सेयर बजारको लगानीले राम्रै लाभ देला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिकता चिन्ता बढेपनि कार्य क्षेत्रमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरिको यात्रा लाभदायक हुनेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्ने देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज सबैले तपाईको काममा कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । शुभकार्यको चर्चा चल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नियमित खर्च बढ्ने योग छ । आफन्तसँग मनमुटाव बढ्नसक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन । एकपिछ अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज महत्वपूर्ण कामको थालनी हुनेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । मङ्गीतमा रुचि बढ्नेछ ।