धरान । विराटनगरमा विगत ७ वर्षअघि सञ्चालनमा आएको विराटनगर–६ भृकुटी मार्गस्थित मेरिल्याण्ड कलेज विराटनगरको नाम परिवर्तन भएर विराटनगर इन्टरनेशनल कलेज भएको छ ।

बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयसँगको सहकार्यमा पुर्वमा पहिलोपटक बेलायतको बिजनेस डिग्री सञ्चालन गर्दै आएको छ । कलेजले नयाँ नामसहित थप बेलायतका ३ वटा कोर्ष सुरु गर्ने भएको हो । शुक्रबार कलेज परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कलेजले नयाँ कोर्षको आवश्यकता अनुभूत गरी बिए (अनर्स) इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट, मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेण्ट र बिएसी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष पढाउने भएको इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीले जानकारी दिए  ।

विगत ७ वर्षदेखि कलेजमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेण्टको कोर्ष पढाउँदै आएको छ । कलेजले ७ वर्षको दौरानमा ४ वटा ब्याचका ४ सय बढी विद्यार्थीहरूलाई दीक्षित गरिसकेको छ भने हाल कलेजमा ४ सय बढी बिद्यार्थी अन्तर्राष्ट्रिय शिक्षा नेपालमै बसेर लिइरहेका छन् ।

पूर्वमा पहिलोपटक इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेण्ट र आगामी वर्ष मास्टर्स इन इन्टरनेशनल बिजनेस म्यानेजमेण्ट र बिएस्सी (अनर्स) कम्प्युटर साइन्स (साइबर सेक्युरिटी र कम्प्युटिङ) थप कोर्ष सञ्चालन गरिने बुढाथोकीले बताए ।

कलेज पूर्ण रूपमा इनोभेट नेपाल ग्रुपको स्वामित्व र व्यस्थापनमा सञ्चालन हुने भएको हुँदा कलेजको ब्राण्ड ‘मेरिल्याण्ड कलेज विराटनगर’ को नामबाट परिवर्तन भई ‘विराटनगर इन्टरनेशनल कलेज’ रहने पनि बुढाथोकीले बताए ।

इनोभेट नेपाल ग्रुपअन्तर्गत विराटनगर इन्टरनेशनल कलेज, इस्लिङ्टन कलेज काठमाडौं, हेराल्ड कलेज काठमाडौं, इन्फरम्याटिक्स कलेज पोखरा, इटहरी इन्टरनेशनल कलेज तथा अन्य विभिन्न सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरूका साथै भर्खरै सम्भवतः नेपाली शिक्षा क्षेत्रमा क्रान्तिकारी छलाङ मार्ने उद्देश्यका साथ विश्वका विभिन्न १८ देशमा समेत प्रयोग भइरहेको अनलाइन लर्निङको लागि ‘माइ सेकेण्ड टिचर’ पनि सञ्चालनमा ल्याएको छ ।

प्रदेश नम्बर १ र वरिपरिका विद्यार्थीले गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा लिन विदेश नै जानुपर्ने बाध्यताको अन्त्य हुनुका साथै नेपालका तथा मल्टी नेशनल कम्पनीहरूको मागअनुसारका दक्ष जनशक्ति कलेजबाट उत्पादन गर्ने लक्ष्य रहेको बुढाथोकीको दाबी छ ।