तालिबान समूहले सत्ता कब्जा गरेपछि अफगानिस्तानबाट ८६० नेपाली स्वदेश फर्किएका छन् । पछिल्लो पटक शुक्रबार थप तीन नेपाली स्वदेश आइपुगेका परराष्ट्र मन्त्रालयले जनाकएको छ ।

तालिबान समूहले गएको १५ अगस्टका दिन राजधानी काबुल समेत कब्जा गरेपछि विभिन्न देशले त्यहाँबाट आफ्ना नागरिकको उद्धार कार्य शुरु गरेका थिए । अफगानिस्तानमा अझै बाँकी रहेका नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउने क्रम चलिरहेको सरकारले जनाएको छ ।

काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।