श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ १८ गते शुक्रबार, ३ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको एकादशी तिथि ८ः०१ बजेसम्म, उप्रान्त द्वादशी नक्षत्र पुनर्वसु १६ः५६ बजेसम्म, उप्रान्त  पुष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । राजनैतिक कार्यमा  सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मङ्गल शुभकार्यको चर्चा चल्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । व्यापारबाट फाइदा सफलता मिलनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अचल सम्पत्ति हात पर्ने योग छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आज कार्य सम्पादनमा समस्या आउला । सरकारी निकायको भय रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई  प्रभावित पारेर काम बन्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । आरुको मन जित्न सकिनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यर्थको यात्रामा जान बाध्य भइएला । मन खिन्न हुने स्थिति आउनेछ । पेट सम्बन्धी समस्याले सताउला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । दिन राम्रो छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । उपहारको सम्भावना पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यमा समस्या आउँदा धन खर्च हुने योग रहेको छ । शरिर भारी र मन अस्थिर रहने संकेत देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोजगारको अवसर मिल्नेछ । पार्टी तथा सेमिनारमा सहभागी भइने देखिन्छ ।