श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ १७ गते बिहीबार, २ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको दशमी तिथि ६ः३८ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र आद्र्रा १५ः१० बजेसम्म, उप्रान्त  पुनवर्सु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२३ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज विद्या र वुद्धिको विकास हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । दाम्पत्य  जीवन सुखमय हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक धार्मिक कार्यमा रुची बढ्नेछ । प्राविधिक क्षेत्रमा रुची बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिठो बोलीले कार्य सम्पादन हुनेछ । वित्तिय संसथाबाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज लगगनशिलताले कामहरु अगाडी बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सौन्दर्यतामा धन खर्च हुनेछ । नजिकका व्यक्तिहरुबाट कार्यमा बाधा आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

पारिवारिक सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ । कला साहित्य तथा साङ्गिमा रुची बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

रमणिय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ श्रोतहरु पत्ता लाग्नेछन् । अधुरा काम पुरा हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज सास्कृतिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्तको सहयोग पाइनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मनमा निराशा र शरीरमा आलश्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । 1