श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल भदौ १६ गते बुधबार, १ सेप्टेम्बर २०२१ । राक्षस संवत्सर भदौ कृष्णपक्षको दशमी तिथि ६ः३८ बजेसम्म, उप्रान्त एकादशी नक्षत्र मृगशिरा १२ः४७ बजेसम्म, उप्रान्त  आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज धनार्जनका स्रोतहरु पत्ता लाग्नेछन् । आत्मबल बढाएर कार्य गरेमा सफलता पाइनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ हुनेछ । इष्टमित्रहरुको सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
पहिलेको कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।आफ्नो पेसा व्यवसायबाट राम्रै हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यात्रामा मालसामान हराउन सक्छ । मनमा निराशा र शरीरमा आलस्य आउला । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरुप काम बन्नाले मन प्रफुल्लीत रहेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लामो दुरिको यात्रा रहनेछ । सवारी साधन खरिद गर्ने योग रहेको देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकर्षक उपहारले उत्साह जगाउनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । छोटो दुरिको यात्रा रहेकोछ । मिष्ठान्न भोजन प्रापत होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन खरिद गर्ने योग रहेकोछ । पुराना कार्यहरु सम्पादन हुदै जानेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो दुरिको यात्रा सफल रहनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । दिन राम्रो छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
दुध तथा कृषिबाट प्रसस्त लाभ मिल्नेछ । हड्डी सम्बन्धी समस्या ले सताउन सक्छ ।